नुवाकोटमा साउन ३२ गतेसम्म निषेधाज्ञा थप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

नुवाकोटमा साउन ३२ गतेसम्म निषेधाज्ञा थप

सालिकराम चालिसे,

नुवाकोट । जिल्ला प्रशासन कार्यालय नुवाकोटले साउन ३२ गतेसम्म निषेधाज्ञा थप गरेको छ ।

प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बुधबार जारी गरेको आदेशमा साउन २० गतेदेखि साउन ३२ गतेसम्म निषेधाज्ञा जारी रहने उल्लेख छ ।

निषेधाज्ञा अवधिभर सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, रेष्टुरेन्ट, डान्सबार, दोहोरी, नाचघर, क्लव, स्वीमिङ पुल, मनोरञ्जन स्थान, संग्रहालय, रंगशालामा हुने दर्शक सहितको खेलकुद र मानिसको भीडभाड हुने अन्य कार्यक्रम सञ्चालन गर्न प्रतिवन्ध लगाइएको छ ।

यस्तै खुला स्थानमा मानिसको भेला जम्मा हुन, भीडभाड गर्न, सभा, जुलुस, जात्रा, महोत्सव, भोज आदि गर्न पाइनेछैन । यस्तै शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमा पठनपाठन गर्न गराउन नपाइएने आदेशमा उल्लेख छ ।

नुवाकोटमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ५ सय १३ पुगेको छ भने जिल्लामा कुल कोरोना संक्रमितको संख्या ६ हजार ९ सय ३ पुगेको छ ।

नुवाकोटमा कोरोना संक्रमणबाट हालसम्म ४१ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);