तानसेनकै मुटुमा ढल मर्मत नहुँदा स्थानीयलाई सास्ती | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

तानसेनकै मुटुमा ढल मर्मत नहुँदा स्थानीयलाई सास्ती

पाल्पा, २७ फागुन । स्थानीय सरकारले पाल्पाको तानसेनलाई स्मार्ट सिटि बनाउने प्रचार प्रसार गरे पनि त्यसको आभास हुन सकेको छैन । स्थानीय सरकारको उक्त प्रचार प्रसारलाई अहिले तानसेनमा अव्यवस्थीत ढलले गिज्याईरहेको छ । बजार क्षेत्रमा नै ६ महिनादेखी ढल फुटेको भएपनी अहिलेसम्म मर्मत भएको छैन ।

पश्चिम नेपालको सुन्दर पर्यटकीय नगरीको रुपमा परिचित पाल्पा सदरमुकाम तानसेनकै मुटुमा ढल मर्मत नहुँदा स्थानीय सास्ती भोग्न बाध्य भएका छन् । साथै तानसेनको सुन्दरता समेत हराउँदै गएको छ ।

सयौँ बिद्यार्थी तथा अन्य पैदल यात्री आवत जावत गर्ने सडकमै ढल फुटेपछी तानसेन नगरपालिका ४ सिल्खानटोलको अवस्था अस्तब्यस्त बनेको छ । ढल फुटको ६ महिना बितिसक्दा समेत सम्बन्धीत निकायले आलटाल गरिरहेको छ ।

गत असोजदेखी बिग्रेको ढलको मर्मत नुहुँदा करिब २ सय मिटर सडक ढलको फोहोरले बिजोग बनेको छ । पटक पटक नगरपालिकाको कार्यालय पुगेर समस्या राख्दा समेत सुनवाई नै नभएको स्थानीयको गुनासो छ ।

ढल निर्माणमा नगरपालिकाले ६० प्रतिशत र स्थानीयको ४० प्रतिशतको लगानीको सर्त राखेपछि ढलको मर्मत अलपत्रमा परेको हो ।

तानसेन नगरपालिकाले भने बजेट अभावको देखाएर स्थानीयलाई लगानीको दायरामा ल्याउने प्रयासमा लाग्दा मर्मतमा ढिलाई भएको हो । नरपालिकाले ढलको व्यवस्थापनको लागि १५ लाख बजेट विनियोजन गरेको भएपनि निर्माणको सम्झौतामा भएको छैन ।

ढल जस्तो संवेदनशील विषयलाई मर्मत र जिल्लाको खुल्ला ढललाई नै व्यवस्थापन गर्न सम्बन्धीत सरोकारवाला निकायले समयमै ध्यान दिन जरुरी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);