काठमाडौं भ्यू टावरका ठेकेदार मनोज भेटवालले प्रहरीसमक्ष गरे आत्मसमर्पण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौं भ्यू टावरका ठेकेदार मनोज भेटवालले प्रहरीसमक्ष गरे आत्मसमर्पण

manoj bhetuwal

काठमाडौं, २७ फागुन । काठमाडौंको पुरानो बसपार्कमा बन्न लागेको ‘काठमाडौं भ्यू टावर’का मुख्य ठेकेदार मनोज भेटवालले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।

ठगीको आरोप लागेपछि भारतमा बस्दै आएका उनी मंगलबार नेपाल फर्किएर प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन् । जलेश्वर स्वच्छन्द विकोई विल्डर्सका संचालक समेत रहेका भेटवाललाई उच्च अदालत पाटनले २८ माघ २०७६ मा ७५ लाख १० हजार रुपैयाँ बराबरको बैंकिङ ठगी कसुरमा पक्राउ पुर्जि जारी गरेको थियो ।

पक्राउ पुर्जी पाएको प्रहरीले उनको खोजिकार्य तिव्र पारेको थियो । भेटवालले मंगलबार विहान महानगरीय प्रहरी परिसर काठमाडौंमा आफैँ उपस्थित भएर आत्मसर्मपण गरेको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयो । भेटवालमाथि थप अनुसन्धानका लागि अदालतबाट म्याद थपको तयारी भइरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);