भ्यूटावरका ठेकेदार भेटवालद्वारा प्रहरीसमक्ष आत्मसमर्पण | ईमाउण्टेन समाचार

Our Network

असार ५ २०८३, शनिबार

भ्यूटावरका ठेकेदार भेटवालद्वारा प्रहरीसमक्ष आत्मसमर्पण

manoj bhetuwal

काठमाडौं, २७ फागुन । काठमाडौंको पुरानो बसपार्कमा बन्न लागेको ‘काठमाडौं भ्यू टावर’का मुख्य ठेकेदार मनोज भेटवालले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । ठगीको आरोप लागेपछि भारतमा लुक्दै आएका उनी मंगलबार नेपाल फर्किएर प्रहरीसमक्ष आत्मसमपर्ण गरेका हुन् ।

जलेश्वर स्वच्छन्द विकोई विल्डर्सका संचालक समेत रहेका भेटवाललाई उच्च अदालत पाटनले २८ माघ २०७६ मा ठगीको आरोपमा उनीमाथि पक्राउ पुर्जि जारी गरेको थियो । भ्यु टावर बनाउने नाममा भेटवालले विभिन्न व्यक्तिसंग १५ करोड बढि ठगेर फरार थिए । उनलाई पक्राउ गर्न प्रहरीले खोजिकार्य तिव्र पारेको थियो ।

भेटवालले मंगलबार विहान महानगरीय प्रहरी परिसर काठमाडौंमा आफैँ उपस्थित भएर आत्मसर्मपण गरेको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयो । भेटवालमाथि थप अनुसन्धानका लागि अदालतबाट म्याद थपको तयारी भइरहेको छ ।

Uncategorized‐मा वर्गिकृत