चेक बाउन्सको उजुरीमा मनोज भेटवाल पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

चेक बाउन्सको उजुरीमा मनोज भेटवाल पक्राउ

काठमाडौं, ११ फागुन । बैंकिङ कसुर सम्बन्धि मुद्दामा निर्माण व्यवसायी मनोज भेटवाल आज पक्राउ परेका छन् । आज बिहानै इनोभेटिभ कन्सेप्ट नेपाल प्रालिका सञ्चालक भेटवाललाई घरैबाट पक्राउ गरेको काठमाडौं प्रहरीले जनाएको छ । उनीविरुद्ध चेक बाउन्सको उजुरी परेको जनाइएको छ ।

भेटवालले काठमाडौंको पुरानो बसपार्कमा काठमाडौं भ्युटावर निर्माण गरिरहेका छन् । तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकमा भएको डेढ अर्ब बढी घोटाला काण्डमा मुछिएका भेटवाल सोही प्रकरणमा यसअघि पनि पक्राउ परेका थिए । नेपालको निर्माण व्यवसायमा अनुभवी ‘क’ वर्गका ठेकेदार भेटवाल खुलामञ्चको जग्गा ठेक्का विवादमा समेत मुछिएका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);