ढल खोल्सामा मिसाउदा दुर्गन्ध फैलियो | ईमाउण्टेन समाचार

Our Network

भदौ ४ २०८३, शुक्रबार

ढल खोल्सामा मिसाउदा दुर्गन्ध फैलियो

dhal

सोलुखुम्बु, २३ साउन । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ४ फाप्लुमा ढल खोल्सामा मिसाउदा दुर्गन्ध फैलिएको छ । पानीको मुहान समेत जोडिएकाले पिउने पानी समेत दुषित बनेको स्थानियको गुनासो छ ।

सोलुखुम्बुको फाप्लु बजार क्षेत्रबाट निस्किएका ढलको उचित ब्यवस्थापन नहुदा समस्या भएको छ । सोलुदुधकुण्ड नगरपालीकाको वडा नम्बर ४ फाप्लुको बजार क्षेत्रको घरघरबाट निस्कने सौचालयको ढल नजिकैको खोल्सामा मिसाइएकाले बस्तिमा दुर्गन्ध फैलिएको छ । करिब २० घर परिवारको बसोबास रहेको फाप्लु बस्ति दुगन्धित बनेको छ । खोल्सासगै खानेपानीको मुहान र मन्दिर रहेको छ । बस्तिमा दुर्गन्ध फैलिदा हिडडुल गर्न समेत कठिन भएको छ ।

सोलुदुधकुण्ड नगरपालिकाले ढलको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको छ । सोलुदुधकुण्ड नगरपालिकाको बजार क्षेत्रको ढल ब्यवस्थापन हुन नसक्दा जिल्लालाई खुल्ला दिसामुक्त घोषण गर्ने कार्यक्रम समेत स्थगित भएको छ । ढलको उचित ब्यवस्थापन नहुदा मानव स्वास्थ्यमा असर पु¥याई रहेकाले त्यसतर्फ नगरपालिकाको ध्यान दिनु आवश्यक छ ।