रौतहटको चन्द्रनिगाहपुर दुर्गन्धित बन्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

रौतहटको चन्द्रनिगाहपुर दुर्गन्धित बन्दै

रौतहट, ५ साउन । रौतहटको चन्द्रनिगाहपुर चोक नजिकै निर्माण भएको सडक किनारको नाला पुरिएको छ । गत वर्ष श्रावणमा निर्माण गरिएको सडक किनारको नाला पुरिएको हो । जसका कारण ठाउँ–ठाउँमा फोहर थुप्रिएर चोकहरु दुर्गन्धित बन्दै गएका छन् ।

चन्द्रनिगाहपुरको मुख्य बजारक्षेत्रको पुल्चोकदेखी दुर्गाचोक सम्म २० लाख भन्दा बढी खर्च गरेर सडक कार्यालयले नाला बनाइएको थियो । तर, एक वर्ष नबित्दै नाला पुरिएपछि चोक अस्तव्यस्त बनेको छ ।

सवारी साधन पार्किङ्गमा समस्या भएको, वालवालिका डुव्ने खतरा बढेको तथा आवतजावतमा समस्या भएको भन्दै स्थानीयले नाला पुरेका हुन् । नाला पुरीएको र नालामा फोहोर जम्मा भएर कुहिएकाले बजार क्षेत्रमा दुर्गन्ध समेत बढेको छ ।

नालाका कारण चन्द्रनिगाहपुर मुख्य बजारक्षेत्र फोहर जम्मा गर्ने स्थानको रुपमा परीणत भएको छ । यस बिषयमा जनप्रतिनिधीले चासो नदिएको स्थानीय बासिन्दाको गुनासो छ ।

पानि परेका बेला नालामा जानुपर्ने पानी सबै पसल भित्र आउने गरेको र फोहोर कुहिएर त्यसले दुर्गन्ध फैलिएको छ । बजार क्षेत्र अस्तव्यस्त बन्दा पनि सम्बन्धित निकायले चासो नदेखाएको स्थानीयबासीले बताएका छन् ।

यता सडक डिभिजन कार्यालयले भने नाला सफा गरेर त्यसमाथी स्ल्याव राखी आवागमनलाई सहज बनाउने बताएको छ । निर्माण भएका नालामा घरको ढल मिसाएका कारणले यस्तो अवस्था आएको कार्यालयका इन्जिनीयर रामेश्वर साहको भनाइ छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);