पर्साबाट ७० किलो गाँजा सहित दुई पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

पर्साबाट ७० किलो गाँजा सहित दुई पक्राउ

पर्सा, ५ साउन । पर्साको बढनियारबाट ७० किलो लागु औषध गाँजा सहित दुई जना पक्राउ परेका छन् । गाँंजासंगै पर्सागढी नगरपालिका–३ का २६ वर्षीय गोविन्द चौधरी र वडा ९ का दिनेश दास थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बलको बेल्वा सुरक्षा बेसले गएराति करिब १२ बजेको समयमा ना १ ज २४९३ नम्बरको गाडीलाई चेकजाँच गर्दा ५ वटा बन्डलमा राखिएको ७० किलो गांजा बरामद भएको प्रहरी निरीक्षक मनोज खड्काले बताए ।

पर्सा जिल्लाको बढनियार मै गांजा खेती नभएपनि पहाडी जिल्लाको उत्पादन पर्सा भएर भारततर्फ अवैध निकासी हुँदै आएको पाइन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);