पूरा भएन तीन सय मिटर सडक २० महिनामा पनि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पूरा भएन तीन सय मिटर सडक २० महिनामा पनि

बाँके। नेपालगञ्ज उपमहानगरपालिका–६ मा तीन सय मिटर सडक निर्माण सुरु गरेको २० महिना भइसकेको छ । तर हालसम्म पनि पूरा हुन सकेको छैन ।

वडा कार्यालयले ल्याएको १८ लाख ४४ हजार लगानीमा नाला बनाउने बजेट पारित भएको थियो । ६ मिटरको सडक निर्माण गर्ने निर्णय सहमति भए पनि उपभोक्ता समितिले मापदण्डविपरीत नाला निर्माण गर्दा बाटो कहीँ फराकिलो कहीँ साँघुरो भएको छ ।

सडकको छेउमा रहेका विद्यालय र घरभन्दा माथि नाला बनाएकाले पानी घरमा पस्ने जोखिम बढेको छ । करिब तीन वर्षअघिदेखि स्थानीयहरुको असहमतिका कारण सडक निर्माण हुन सकेको थिएन ।

चन्द्रेश्वरराज त्रिपाठीको अध्यक्षतामा गठन भएको उपभोक्ता समितिले सडकको तहभन्दा माथि नाला बनाएपछि स्थानीयले विरोध जताएका थिए । स्थानीयको अवरोधलाई बेवास्ता गरी नाला निर्माण कार्यलाई अगाडि बढाए पनि बाटो करिब दुई सय मिटर मात्र बन्न सकेको छ ।

नाला निर्माण बोर्डमा नाला कति मिटर बन्ने, कति लामो बन्ने कति चौडाइ बनाउनेलगायतको सूचना उल्लेख गरिएको थिएन । स्थानीयको अनुसार इन्जिनियर, वडा समिति र उपभोक्ता समितिको मिलेमतोमा मापदण्डविपरीत बाटो निर्माण भएको हो ।

स्थानीय विक्रान्त श्रीवास्तवले नाला निर्माण कार्यको छानबिन गर्न माग गरेको जानकारी दिए । ‘माग पूरा नभए हामी जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन्छौं,’ उनले भने । करीब तीन सय मिटर सडकमध्ये अब एक मिटर जति बनाउन बाँकी छ । नाला निर्माण भए पनि नालामाथि ढकनी हालिएको छैन ।  वर्षामा नालाको पानी उल्टो दिशामा बग्ने भएकाले घरमा पानी पुग्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);