तीन महिलालाई सगरमाथा आरोहणका लागि विदाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

तीन महिलालाई सगरमाथा आरोहणका लागि विदाई

काठमाडौं, २ बैशाख । ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सघाउ पु-याउने उद्देश्यका साथ विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न लागेको तीन जना महिलालाई सोमबार बिदाई गरिएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा नेपाल भ्रमण वर्ष २०२० को लोगो फहराउने उद्देश्यका साथ नेपालकी कान्छीमाया तामाङ, भारतकी कल्पना दास र चीनकी लियामू मालाई सोमबार काठमाडौंमा एक कार्यक्रममा बीच विदाई गरिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्तालयका सचिव मोहनकृष्ण सापकोटाले नेपालको झण्डा र नेपाल भ्रमण वर्षको लोगो दिएर तीनै जना आरोहीहरुलाई सगरमाथा आरोहणका लागि विदाई गरेका छन् ।

उनले कार्यक्रममा नेपाल भ्रमण वर्षलाई सफल बनाउन सरकारले सो आरोहणको कार्यक्रमलाई अघि बढाएको पनि स्पष्ट पारे । सचिव सापकोटाले तीन वटै देशका नारीहरुको सफल आरोहणको नेपाल भ्रमण वर्ष सफल बनाउन सघाउ पु¥याउने विश्वास पनि व्यक्त गरे ।

नेपालकी तामाङ यस अघि नै सगरमाथाको सफल आरोहण गरी तामाङ समूदायकै पहिलो सगरमाथा आरोहीको कीर्तिमान कायम गरिसकेकी छन् भने भारतकी दासको ६ हजार मिटर उचाईका विभिन्न हिमालहरुको सफल आरोहण गरिसकेकी छन् । चीनकी माले सगरमाथाको सफल आरोहण गरिसकेकी छन् ।

यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा आरोहणका लागि जान लागेका तीनै जना महिलाहरुलाई राष्ट्रिय झण्डा दिएर विदाई गरिसकेका थिए । आरोहण दलको गाइडको नेतृत्व १८ पटक सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान राख्न सफल पेम्बादोर्जे शेर्पाले गर्ने भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);