प्रचारप्रसारको अभावमा इलामको 'पानीटार चियाबारी' ओझेलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रचारप्रसारको अभावमा इलामको ‘पानीटार चियाबारी’ ओझेलमा

illam-panitar chiyabari

टिका खतिवडा

इलाम, ३० चैत । चियाबारीको रुपमा चिनिएको जिल्ला इलाममा चियाबारीमा रमाउन वर्षेनी आन्तिरक तथा बाह्य हजारौं पर्यटकहरु पुग्ने गर्छन् । तर इलाम मै रहेको सुन्दर पानीटार चियाबारी भने पर्याप्त प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।

चियाबारीका नाममा परिचित इलाममा धेरै आन्तिरक तथा बाह्य पर्यटकहरु चियाबारीको सुन्दर दृश्यमा रमाउन पुगिरहेका हुन्छन् । इलाममा पनि विशेषगरी कन्याम र इलाम बजार नजिकै रहेका चियाबारी मात्र धेरै चर्चामा आउने गरेका छन् । इलामको पानीटार चियाबारी पनि सुन्दर र पर्यटकीय छ । तर पर्याप्त प्रचारप्रसारको अभावमा पर्यटकहरुलाई भित्र्याउन सकिरहेको छैन । विकास पुर्वाधारको कमीले गर्दा पानीटारमा आउने पर्यटकको सख्ंया कम भएको स्थनीयको भनाई छ ।

पानीटारसँग जानकार मात्र त्यस क्षेत्रमा पुग्ने गरेका छन् । इलाम सदरमुकामबाट २५ किलोमिटर पश्चिममा अवस्थित पानीटार चियाबगान सांढे चारसय रोपनीमा फैलिएको छ । पर्यटक तान्ने सम्भावना बोकेको पानीटारलाई प्रचारमा ल्याउन स्थानीयले मेहनत गर्न थालेका छन् । पानीटार आसपासका क्षेत्र पनि रमणीय प्राकृतिक सौन्दर्यले सजिएका छन् ।

सिथिम्काडाँडा, अजम्बरेडाँडा, जितपुरको झ्याउपोखरी लगायतका पर्यटकीय क्षेत्र पनि नजिकै छन् । पानीटार पर्यटकीय हिसाबले सम्भावना बोकेको भएपनि यातायात असुबिधाका कारण पर्यटकीय क्षेत्रका रुपमा विकास हुन नसकेको देउमाई नगरपालिका–३ का वडाध्यक्ष दावा तामाङ्गले बताए ।

सदरमुकामबाट नेपालटार हुँदै गाग्रेभञ्ज्याङबाट ओरालोे झरेपछि पानीटार चियाबारी पुग्न सकिन्छ । झापाबाट सिद्धिथुम्का, सोयाक, जितपुर हुँदै मंगलबारे पुग्ने सडक पक्की नबन्दा पर्यटकहरुलाई कठिनाइ परेको देखिन्छ । सडक र पूर्वाधारमा सुधार गर्दै सबै पर्यटन केन्द्रलाई एकीकृत रूपमा विकास गर्ने हो भने पानीटानर चियाबारी पनि पर्यटकको लागि राम्रो गन्तव्य बन्न सक्ने देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);