२०८१,१०,२७
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले एक हजार टनसम्मको पानी जहाज हाजीपुरबाट गण्डक ब्यारेज नारायणी नदी हुँदै देवघाटसम्म ल्याउन सके नेपाललाई ठूलो आर्थिक लाभ हुने बताएका छन्। आइतवारको राष्ट्रिय सभाको बैठक पानी जहाज सञ्चलन तथा व्यवस्थापन विधेयक, २०८१ बारे छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले एक हजार टनसम्मको पानी जहाज हाजीपुरबाट गण्डक ब्यारेज नारायणी नदी हुँदै देवघाटसम्म पुर्याउन प्राविधिकको रुपमा सम्भाव्य देखिएको बताएका छन । उनका अनुुसार नेपाललाई ठूलो आर्थिक लाभ हुने र जल यातायातको क्षेत्रमा एउटा कोशेढुंगा सावित हुने दाबी गरे।
सोही प्रकृतिका पानी जहाजहरू कोशी र कर्णालीबाट समेत नेपाल भित्र्याउन सक्ने बताए उनको दावी छ । यस सम्बन्धी नेपाल—भारतबीच सहमति समेत भएको बताए। नेपाल भित्र पनि आन्तरिक जलमार्गहरूमा पानी जहाज चलाउन सम्भाव्य नदीहरू रहेको बताए। आइतवार बसेको राष्ट्रिय सभाको बैठकमा पानी जहाज सञ्चलन तथा व्यवस्थापन विधेयक, २०८१ सम्बन्धी छलफल शुरु भएको हो।




