सुदूरपश्चिम प्रदेशका राज्यमन्त्री रावलद्वारा राजीनामा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सुदूरपश्चिम प्रदेशका राज्यमन्त्री रावलद्वारा राजीनामा

prakash rawal

कैलाली, २४ कात्तिक । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले राज्यमन्त्री पदबाट राजिनामा दिनुभएको छ । राज्यमन्त्री रावलले आइतबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजिनामा बुझाउनु भएको हो ।

रावलले एक प्रेस विज्ञप्ति जारी गरी कञ्चनपुरको एक क्याम्पसको शेयर विक्रीमा आफ्नो संलग्नताको आरोप लागेपछि नैतिकताका आधारमा राजिनामा दिएको बताउनु भयो ।

क्याम्पसको शेयर विक्रीमा आफ्नो कुने संलग्नता नभए पनि झुठो उजुरी मार्फत् जवरजस्ती मुद्दा सिर्जना गर्ने प्रयास केही व्यक्तिहरुले गरेको कुरा उहाँको विज्ञप्तीमा उल्लेख गरिएको छ । साथै आफु माथि लागेको आरोपको निष्पक्ष र तथ्ययुक्त छानविनको माग गर्दै छानविनमा आफुले पुर्ण सहयोग गर्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

रावल ११ महिना अगाडि २०७५ असोज २३ गते सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त हुनु भएको थियो । रावल कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ ‘क’ बाट निवार्चित प्रदेश सभा सदस्य हुन् ।

रावलसहित १६ जनामाथि महेन्द्रनगरस्थित जनज्योति बहुमुखी क्याम्पसको १५ करोड रुपैयाँ बढी बराबरको सेयर खरिद–बिक्रीमा कीर्ते गरेको आरोप लागेको छ । सो विषयमा जिल्ला अदालत कन्चनपुरमा मुद्दासमेत दायर भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);