महेन्द्रनगरदेखि भारतको देहरादुनसम्म मैत्रीबस सञ्चालन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

महेन्द्रनगरदेखि भारतको देहरादुनसम्म मैत्रीबस सञ्चालन

कञ्चनपुर, २२ मंसिर । कञ्चनपुरको महेन्द्रनगरदेखि भारतको देहरादुनसम्म नेपाल–भारत मैत्रीबस सेवा सञ्चालनमा आएको छ । महाकाली यातायात बस व्यवसायी कम्पनीले नेपालको महेन्द्रनगरदेखि भारतको देहरादुनसम्म शनिवारदेखि बससेवा संचालनमा ल्याएको हो ।

वससेवाको सूदुरपश्चिम प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री प्रकाश बहादुर रावल र भारत उत्तराखण्ड प्रदेश खटिमा क्षेत्रका विधान सभा सदस्य पुष्कर सिंह धामीले संयुक्त रुपमा उद्घाटन गरे ।

उद्घाटन पछि बोल्दै नेपालका बन तथा वातावरण राज्यमन्त्री रावलले वस सेवाले दुवै देशको सम्बन्ध वढ्ने विश्वास व्यक्त गरे ।

यातायात सेवाको पहिलो बसले शनिवार ४५ यात्रु लिएर देहरादुन प्रस्थान गरेको थियो । बस भारतको मुख्य तिर्थस्थल हरिद्वार हुँदै देहरादुनसम्म ४ सय २५ किलोमिटर दुरीमा नियमित संचालन हुने यातायात कम्पनीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);