किन गरे ४ शीर्ष नेताले नेकपाको सचिवालय बैठक बहिस्कार ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

किन गरे ४ शीर्ष नेताले नेकपाको सचिवालय बैठक बहिस्कार ?

काठमाडौं, २२ मंसिर । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक सुरु गर्न ढिला गरेर अपमान गरेको भन्दै नेकपाका ४ शीर्ष नेता माधवकुमार नेपाल,  झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र  वामदेव गौतमले सचिवालय बैठक बहिष्कार गरेका छन् ।

बैठक अपरान्ह ३ बजेका लागि बोलाईएको थियो । ३ बजेर २० मिनेटसम्म बैठक सुरु नभएपछि नेताहरु बाहिरीएका थिए । महासचिव पौडेलले भने दुई अध्यक्षले छलफल गरिरहकाले बैठक बस्ने केही ढिला भएको जानकारी दिए ।

२९ गते स्थायी समिति बैठक बस्ने
आगामी बैठक मंसिर २९ गते नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठक बस्ने भएको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले मंसिर २९ गतेका लागि स्थायी समिति बैठक बस्ने मिति तय गरेको हो ।

बैठक २९ गते अपरान्ह १ बजे पार्टीको केन्द्रीय कार्यालय धुम्बराहीमा बस्ने निर्णय सचिवालय बैठकले गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);