उपनिर्वाचनको समिक्षा प्रतिवेदन पेश गर्न ५ दिनको समय थप | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

उपनिर्वाचनको समिक्षा प्रतिवेदन पेश गर्न ५ दिनको समय थप

nekapa

काठमाडौं, २३ मंसिर । सोमबार बसेको सत्तारुढ दल नेकपाको सचिवालय बैठकले उपनिर्वाचनको समीक्षा प्रतिवेदन पेश गर्न ५ दिनको समय थपेको छ ।

यस अघि बसेको सचिवालय बैठकले मंसिर १४ गते सम्पन्न उपनिर्वाचनको समीक्षाका सन्दर्भमा सम्बन्धित पार्टी कमिटीहरुलाई समीक्षात्मक रिपोर्ट मंसिर २२ गतेभित्र पठाउन भनेको थियो ।

सम्बिन्धत कमिटीहरुबाट रिपोर्ट अझै प्राप्त हुन नसकेकाले अब थप पाँच दिनभित्र रिपोर्ट सबै कमिटीहरुले अनिवार्य रुपमा पठाउ निर्देशन दिएको छ । त्यो रिपोर्ट प्राप्त भएपछि यस सम्बन्धमा औपचारिक प्रस्ताव छलफल हुने छ ।

यसै गरी सत्तारुढ नेकपाको स्थायी कमिटि बैठक यही मंसिर २९ गते बस्ने भएको छ । सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाको अध्यक्षतामा बसेको सचिवालय बैठकले मंसिर २९ गते स्थायी समिति बैठक बोलाउने निर्णय गरेको हो ।

पार्टी कार्यालय धुमवाराहीमा बसेको बैठकले केन्द्रिय आयोग र विभागहरुको पूर्णताका लागि प्रमुख र उपप्रमुखलाई सात दिन भित्र महासचिव विष्णु पौडेलसमक्ष प्रस्ताव पेश गर्न निर्देशन दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिुभयो।

सवै आयोग र विभागहरुका प्रमुख र उपप्रमुखले प्रस्ताव पेश गरेपछि आगामी सचिवालय बैठकले छलफल गरेर पूर्णता दिने निर्णय भएको श्रेष्ठले बताउनुभयो ।

बैठकले कर्णाली प्रदेशका सचिव मायाप्रसाद शर्माले दिएको राजीनामा अस्वीकार गर्दै पूर्ववत काममा फर्किन निर्देशन दिएको छ। बैठकले पार्टीको विधान संशोधनका लागि स्थायी कमिटिमा प्रस्ताव पेश गर्ने निर्णय गरेको छ ।

बैठकमा अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यका कारण उपस्थित हुनुभएको थिएन । सचिवालय बैठक यही मंसिर २७ गते पुन बस्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);