प्रमाण विधेयक २०७५ सर्वसम्मतिले पारित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

प्रमाण विधेयक २०७५ सर्वसम्मतिले पारित

काठमाडौं, २३ मंसिर । प्रतिनिधिसभा अन्र्तगत कानून, न्याय तथा मानवअधिकार समितिले प्रमाण दोश्रो संशोधन विधेयक २०७५ लाई सर्वसम्मतिले पारित गरेको छ।

समितिको सोमबार बसेको बैठकले मृत्युकालिन घोषणालाई प्रमाणको रुपमा लिन सकिने व्यवस्था सहित प्रमाण ऐन २०३१ लाई संशोधन गर्न बनेको विधेयक प्रमाण दोश्रो संशोधन विधेयक २०७५ लाई परिस्कृत गर्दै सर्वसम्मतिले पारित गरेको हो ।

मृत्युकालिन घोषणा प्रमाणको रुपमा मान्न सक्ने व्यवस्था सहित विधेयक सर्वसम्मतिबाट पारित भएको समितिका सभापति कृष्णभक्त पोख्रेलले जानकारी दिनुभयो ।

संशोधित विधेयकमा श्रव्यदृश्य माध्यम भिडियो कन्फरेन्स मार्फत विद्युतीय अभिलेखमा उल्लेख भएका कुराहरुलाई प्रमाणको रुपम लिन सकिने व्यवस्था गरिएको छ ।

समितिले मानवअधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजनाबारे आगामी बुधबार प्रधानमन्त्री कार्यालयका सचिवहरुसंग छलफल गर्ने निर्णय गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);