विश्व मानव अधिकार दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

विश्व मानव अधिकार दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

manabadhikar diwas1

काठमाडौं, २४ मंसिर । आज ७१ औं विश्व मानव अधिकार दिवस नेपालमा पनि बिबिध कार्यक्रम गरी मनाइँदै छ । यसै अवसरमा राष्ट्रिय मान अधिकार आयोगले राजधानीमा र्यालीको आयोजना गरेको छ ।

र्‍यालीमा सहभागीहरुले संविधानले मान अधिकारको सुनश्चित गरेपनि कार्यान्वयनमा भने राज्य गम्भीर नबनेको गुनासो गरेका छन् । उनीहरुले देशमा दण्डहिनता बढेको भन्दै कानून कार्यान्वयनमा सरकारको ध्यानकर्षण गराएका छन् ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले ७१ औ मानव अधिकार दिवसका अवसरमा शुभकामना शन्देश जारी गर्दै मानवअधिकार उल्लंघनका दोषीलाई कारबाही गर्न र पीडितलाई न्याय दिलाउन सरकार सक्रिय रहेको बताउनु भएको छ । उहाँले मानव अधिकार प्रतिबद्धताको विषयमात्र नभइ आस्था र निष्ठाको विषय भएको समेत उल्लेख गर्नुभएको छ ।

मानव अधिकार र संक्रमणकालीन न्यायप्रति नेपाल सरकारको प्रतिबद्धताअनुरुप द्वन्द्वकालीन घटना सम्बोधन गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगलाई प्रभावकारी बनाउन कानुनी तथा संरचनात्मक व्यवस्थामा आवश्यक संशोधन गरी पीडितलाई न्यायको अनुभूति गराउने प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।

१० डिसेम्बर १९४८ का दिन संयुक्त राष्ट्र संघको महासभाले मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र जारी गरेको दिनको सम्झनामा प्रत्येक वर्ष विश्व मानव अधिकार दिवस मनाइन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);