आज मानव बेचबिखनविरुद्धको ११औँ राष्ट्रिय दिवस : चेतनामूलक कार्यक्रम गरी मनाईँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

काठमाण्डौँ, २० भदौ । मानव बेचबिखन विरुद्धको ११औँ राष्ट्रिय दिवस विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाईदैछ ।

 

यो वर्ष ‘अबको गन्तव्य, मानब बेचबिखनको अन्त्य’ भन्ने मूल नाराका साथ मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाइदैछ । यसै अवसरमा काठमाडौंमा मंगलबार विहान विभिन्न चेतनामूलक र्याली निकालिएको थियो । काठमाडौंको भृकुटीमण्डलबाट सुरु भएको र्याली, भद्रकाली, आरएनएसी, जमल हुँदै कमलादीमा पुगेर कोण सभामा परिणत भएको थियो । र्यालीमा सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

 

र्यालीपछि आयोजित कोण सभामा बोल्दै महिला, बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइरालाले आर्थिक सबलीकरणको माध्यामबाट मानव बेचबिखनलाई न्यूनिकरण गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरे । उनले विशेष गरी बालबालिका र किशोरीहरुको बढ्दो बेचविखन न्यूनिकरण गर्दै लैजान सरकारले विभिन्न चेतनामूलक कार्यक्रम संचालन गरिरहेको दावी पनि गरे । मन्त्री कोइरालाले मानव बेचविखन अन्त्य गर्न सरकारले गरिवी हटाउने कामलाई विशेष जोड दिने नीति लिएको पनि स्पष्ट पारे ।

 

अधिकारकर्मी सुशीला श्रेष्ठले मानव बेचबिखन अन्त्य गर्न भएका कानुनलाई कडाईका साथ कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिईन् । उनले मानव बेचबिखनमा संलग्न अपराधिहरुलाई कडा कार्वाही गर्न संचारकर्मीहरुले पनि सरकारलाई दवाव दिनुपर्ने आवश्यक्ता पनि औल्याउनु भयो ।

 

सार्कको ११ औं सम्मेलनबाट पारित महिला तथा बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धि २००२ लाई तत्कालीन व्यवस्थापिका संसदबाट अनुमोदन भएको दिनको सम्झनामा नेपालमा २०६४ सालदेखि मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाउन सुरु गरिएको हो । अन्तराष्ट्रिय स्तरमा भने यो दिवस जुलाई ३० तारिखमा मनाउने गरिन्छ । सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ र नियमावली, २०६५ को व्यवस्था गरी कार्यान्वयनमा ल्याएको छ । संविधानले मानव बेचबिखन तथा दास बनाएर राख्न नपाउने व्यवस्था छ ।

 

नेपालमा मूलतः गरिवीका कारण मानव बेचविखन जस्ता जघन्य अपराधले जरो गाडको विभिन्न अध्ययण प्रतिवेदनमा उल्लेख गरिएको छ । नेपालमा हाल ६ हजार १ सय महिला तथा बालबालिका बेचबिखनमा परेको राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनमा आंैल्याइएको छ । आयआर्जनको माध्यामबाट मात्रै मुलुकमा मानव बेचबिखनलाई न्यूनिकरण गर्दैै लैजान सकिने विज्ञहरुको सुझाव छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);