मोटरसाइकल दुर्घटनामा चारजना गम्भीर घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

मोरङ, २० भदौ । मोरङको बेलबारीमा मोटरसाइकल एकापसमा ठोक्किँदा चारजना गम्भीर घाइते भएका छन्।

 

बेलबारी नगरपालिका–८ चिसाङखोला नजिकै गएराति पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को ७ प २५५९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को २५ प ५३५४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा चारजना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय, बेलबारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिए।

 

दुर्घटनामा को ७ प २५५९ नम्बरको मोटरसाइकलमा सवार मोरङ कानेपोखरी गाउँपालिका-२ बस्ने ३० वर्षीय अम्बिका कोइराला, उनकै श्रीमती २८ वर्षीया सम्झना कोइराला, छोरा दुई वर्षीय असन कोइराला र को २५ प ५३५४ नम्बरको मोटरसाइकलमा सवार धनकुटा राजारानी–६ बस्ने ४४ वर्षीय रुद्र लिम्बू घाइते भएका हुन्।

 

घाइते चारैजनाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);