निर्दयी ट्रक ड्राईभर : दुई वर्षीया बालिकालाई दिए दर्दनाक मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

दैलेख, २० भदौ । दैलेखबाट सुर्खेत तर्फ गईरहेको ना ६ ख १९२५ नम्वरको ट्रकले मंगलबार राती डुगेश्वरको मटेलामा दुई वर्षीया बालिकालाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ।

डुगेश्वर गाउँपालिकाको वडा नम्बर २ मटेलामा बालिका यमुना अर्याललाई ठक्कर दिएपछि पुन पछाडी सारेर ब्याग गियर हानेर कुल्चिँदा बालिकाको घटनास्थलमा नै मृत्यु भएको छ। प्रत्यक्षदर्शीका अनुसार ट्रकले सामान्य ठक्कर दिएर घाईते भएकी अर्याललाई पुन गाडी पछाडि गरेर किचेर मारेको आरोप लगाएका छन।

अहिले उक्त स्थानमा सवारी ठप्प छ। मृतक बालिकाका आफन्तजनले ट्रकको मालिक र ट्रक ब्यवसायी समितिका पदाधिकारीहरु नआएसम्म बाटो खुल्न नदिने भन्दै दैलेख सुर्खेत सडक खण्ड गएरातीदेखि बन्द गरेका छन्।

मटेलाका विभिन्न स्थानमा ढुंगाको पर्खालहरु वनाएर सडक अवरुद्ध गरेपछि हिजो देखी दैलेखबाट सुर्खेत, नेपालगंज, काठमाण्डौ जाने सवै गाडिहरु चल्न नसक्दा यात्रुहरु अलपत्र परेका छन्। अहिले ट्रक ब्यवसायी समिति र ट्रकका मालिक बोलाईसकिएको छ उनीहरु आएपछि दुई पक्षको छलफल पश्चात सडक खोलिने जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);