बिहिबार १३ औ राष्ट्रिय मानव बेचबिखन तथा ओसार पसार विरुद्धको दिवस मनाइदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

बिहिबार १३ औ राष्ट्रिय मानव बेचबिखन तथा ओसार पसार विरुद्धको दिवस मनाइदै

chelibeti bechbikhan birudda diwas

काठमाडौं, १९ भदौ । बिहिबार मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १३ औ राष्ट्रिय दिवस विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइदै छ । यसै सन्दर्भमा काठमाडौँ महानगरपालिका वडा नं १५ ले मानव बेचबिखन तथा ओसारपसार विरुद्ध प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ ।

प्रभातफेरी कार्यक्रममा महानगरीय प्रहरी वृत्त स्वयम्भु, स्थानीय क्लब, महिला समूह, विभिन्न विद्यालयका विद्यार्थीहरु सहभागी भएका थिए । प्रदेश सांसद अष्टलक्ष्मी शाक्य, वडाका बुद्धिजीवी, समाजसेवी पनि प्रभात फेरीमा सहभागी हुनुहुन्थ्यो । प्रभातफेरीमा सभागीहरुले मानव बेचबिखन तथा ओसारपसार समाज भित्र हुने जघन्य अपराधहरु भित्र पर्ने भएकोले सबै सचेत हुनुपर्ने बताएका थिए । नेपाल सरकारले विभिन्न कार्यक्रमहरु संचालन गरेर मानव बेचबिखन तथा ओसारपसार विरुद्ध काम गर्दै आएको छ ।

बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धि २००२ लाई तत्कालीन व्यवस्थापिका संसदबाट अनुमोदन भएको दिनको सम्झनामा नेपालमा २०६४ सालदेखि मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाउन सुरू गरिएको हो । अन्तराष्ट्रिय स्तरमा भने यो दिवस जुलाई ३० तारिखमा मनाउने गरिन्छ । सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ र नियमावली, २०६५ को व्यवस्था गरी कार्यान्वयनमा ल्याएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);