लकडाउन अवधिमा बेचबिखनमा परेका ४१ जनाको उद्दार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

लकडाउन अवधिमा बेचबिखनमा परेका ४१ जनाको उद्दार

manab bechbikhan

काठमाडौं, ५ साउन । नेपाल प्रहरी अन्तर्गतको मानव बेचबिखन अनुसन्धान ब्युरोले लकडाउन अवधिमा बेचबिखन तथा ओसारपसारमा परेका ४१ जनालाई उद्दार गरेको छ।

भारतबाट २८ जना र नेपालबाट १३ जनाको उद्दार गरिएको ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक गोविन्द थपलियाले इमाउन्टेन टिभी डटकमलाई बताउनुभयो। उहाँका अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरूको समन्वयमा पीडितहरूको उद्दार गरिएको हो।

बेचबिखन र ओसारपसारमा संलग्नहरूविरुद्द मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन–२०६४ अनुसार अनुसन्धान र कारबाही भइरहेको प्रवक्ता थपलियाको भनाई छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);