किशोरीमाथि बलात्कार अरोप लागेका पाण्डे विरुद्व मानव बेचबिखनको जाहेरी दर्ता | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

किशोरीमाथि बलात्कार अरोप लागेका पाण्डे विरुद्व मानव बेचबिखनको जाहेरी दर्ता

काठमाडौँ । सौन्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डे विरुद्ध जाहेरी दर्ता भएको छ । पीडित किशोरीले पाण्डे बिरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन–०६४ अनुसारको कसुरमा जाहेरी दिएकी हुन् ।

जिल्ला अदालतमा पीडित युवतीको बयान प्रमाणित गराएपछि जाहेरी दर्ता गरिने जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । भैरहवा घर भएका पाण्डेले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल प्रतियोगिता आयोजना गरेका थिए । प्रतियोगिता सकिएपछि आयोजित सक्सेस पार्टी भन्दा अघि काठमाडौँको एभरेस्ट होटलमा आफूलाई बन्धक बनाएर पाण्डेले बलात्कार गरेको पीडित युवतीको आरोप रहेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पाण्डेलाई जेठ ७ मा स्वयम्भूबाट पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);