बलात्कार आरोपी वडाध्यक्षलाई म्याद थपका लागि अदालत लगियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८३, बुधवार

बलात्कार आरोपी वडाध्यक्षलाई म्याद थपका लागि अदालत लगियो

बारा । बलात्कार आरोप लागेका निजगढ नगरपालिका–२ का वडा अध्यक्ष राजु श्रेष्ठ (राजन)लाई थुनामा राखेर अनुशन्धान गर्न अनुमतिका लागि जिल्ला अदालत बारा लगिएको छ। प्रहरीले उनलाई म्याद थपका लागि अदालत लगेको हो ।

जिल्ला अदालतका न्यायाधीशको इजलासले सोमबार पहिलोपटक म्याद तोक्ने छ । सरकारी पक्षले पहिलो पटकका लागि २५ दिनको म्याद माग गर्ने तयारी गरेको छ । नाबालिका बलात्कार आरोपमा जाहेरी परेपछि उनी न्यायीक हिरासतमा छन्।

यसअघि जाहेरी दर्ता भएसँगै फरार रहेका वडा अध्यक्ष श्रेष्ठ आइनबार प्रहरी नियन्त्रणमा आएका थिए ।

Leave a Reply

ताजा समाचार