पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं । नाबालिग गायिकामाथि जबरजस्ति करणी गरेको अभियोग लागेका अभिनेता पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ । यसअघि उनलाई सात दिन थुनामा राखेर अनुसन्धान गरेको प्रहरीले थप अनुसन्धानका लागि समय मागेको थियो ।

शाहलाई म्याद थपका लागि आज जिल्ला अदालत लगिएको थियो । भोलीबाट अदालतमा उनको बयान सुरु हुने बताइएको छ । शाहले गत फागुन १५ गते तनहुँ प्रहरीमा गिरफ्तारी दिएका थिए । नाबालिग गायिकाले आफूमाथि शाहले विभिन्न स्थानमा पटक–पटक करणी गरेको भन्दै जाहेरी दिएकी छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);