पल शाहविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आज | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पल शाहविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आज

काठमाडौं, ३ माघ । नाबालिग बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाहविरुद्धको मुद्दामाथि आज अन्तिम सुनुवाइ हुदैछ । पटक–पटक पेशी तोकेर स्थगित हुँदै आएको शाहको मुद्दामा आज सुनुवाइको मिति तोकिएको हो ।

जिल्ला अदालत तनहुँले नवलपुर अदालतको फैसला माग गरी अनुसन्धान गरीरहेको छ । उनीमाथि नवलपुरमा समेत मुद्दा थियो । नवलपुरले गत भदौ २१ गते बलात्कारको आरोपमा सफाइ दिँदै बाल यौन दुव्यवहारको अभियोगमा भने साढे २ वर्षको कैद सजाय तोकेको थियो । नवलपुर अदालतको फैसलाविरुद्ध पनि शाहले उच्च अदालतमा निवेदन दिएका थिए ।

आज तनहुँ जिल्ला अदालतले सफाइ दिने वा कैद सजाय तोक्ने फैसला गर्ने अनुमान गरिएको छ । गत फागुनमा बालिकाका बुवाले आफ्नी छोरीमाथि शाहले पटक पकट जबरजस्ती करणी गरेको भन्दै तनहुँमा जाहेरी दिएका थिए । उनी आफै फागुन १५ गते प्रहरीको सम्र्पकमा पुगेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);