पल शाहविरुद्ध मुद्दाको आज पेसी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पल शाहविरुद्ध मुद्दाको आज पेसी

तनहुँ। नाबालगि बलात्कारको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहविरुद्धको मुद्दामाथि मंगलबार सुनुवाइ हुँदै छ । उनीविरुद्ध दर्ता भएको मुद्दाको तनहुँ जिल्ला अदालतले मंगलबारका लागि पेसी तोकेको छ। अभिनेता शाहविरुद्ध तनहुँ र नवलपुरमा बलात्कार मुद्दा दर्ता भएको छ । मंगलबार तनहुँमा सुनुवाइ हुने भएको छ भने २१ भदौका लागि नवलपुर अदालतले पेसी तोकेको छ । दुवै अदालतले अभिनेता शाहलाई पुर्पक्षका लागि थुना राख्न आदेश दिएको छ । सोहीअनुसार गत ३० चैतदेखि उनी तनहुँ कारागारमा छन् ।

गत ११ फागुनमा नावालिकमाथि बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा शाहविरुछ उजुरी प¥यो । यसको ४ दिनपछि १५ फागुनमा अभिनेता शाहले जिल्ला प्रहरी कार्यालय, तनहुँमा आत्मसमर्पण गरेका थिए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);