आज उच्च पहाडी र हिमाली भेगमा हिमपात | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

आज उच्च पहाडी र हिमाली भेगमा हिमपात

काठमाडौं, ३ माघ । देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव परेको छ ।

आज पहाडी भुभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। तराइका भू–भागका केही स्थानमा हुस्सु/कुहिरो लागेको छ ।

जत तथा मौसम विभागका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू–भागहरुका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै आज राती देशका पहाडी भू–भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू–भागहरुका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);