पल शाह जेलमुक्त हुने, उच्च अदालतले दियो सफाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पल शाह जेलमुक्त हुने, उच्च अदालतले दियो सफाई

काठमाडौं, १४ फागुन । अभिनेता पल शाह जेलमुक्त हुने भएका छन् । उच्च अदालत पोखराबाट बालिकामाथि जबरजस्ती करणीको मुद्दामा सफाई पाएपछि उनी जेलमुक्त हुने भएका हुन् ।

उच्च अदालत पोखराका न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले आइतबार उनलाई सफाई दिएको हो । अदालतको फैसलामा उनीमाथिको अभियोग दाबी नपुग्ने उल्लेख छ ।

नाबालिक बलात्कारको आरोपमा पल शाह एक वर्षयता कारागारमा थिए । जिल्ला अदालत नवलपुरले उनलाई दोषी ठहर गरी २ वर्षको कैद सजाय तोकेको थियो । त्यसलाई उल्टाउँदै उच्च अदालत पोखराले सफाइ दिने फैसला सुनाएको हो ।

उनले माघ ३ मा तनहुँ जिल्ला अदालतबाट सफाइ पाइसकेका थिए । सबैतिरबाट सफाइ पाएपछि पल शाह कारागारबाट मुक्त हुनेछन् ।

पल शाहमाथि गत वर्षको फागुन ११ गते एकजना नाबालिग गायिकाका परिवारले उनीमाथि बलात्कारको आरोपमा उजूरी दर्ता गरेका थिए । उनी गत वर्षको १५ फागुनमा प्रहरीको नियन्त्रणमा आएका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);