पल शाह १५ दिन भित्र उच्च अदालत पोखरामा उपस्थीत हुनुपर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पल शाह १५ दिन भित्र उच्च अदालत पोखरामा उपस्थीत हुनुपर्ने

काठमाडौं । अभिनेता पल शाहविरुद्धको मुद्दामा उच्च अदालत पोखराले दुबै पक्षलाई झिकाउने आदेश दिएको छ ।

नाबालिग माथि बलात्कार गरेको मुद्दामा जिल्ला अदालत नवलपरासी पूर्वले पल शाहलाई साढे २ वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो ।

जिल्ला अदातलको फैसलाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय र पल शाह दुबै पक्षले उच्च अदालत पोखरामा पुनरावेदन गरेका थिए ।

सोमबार उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषि राजभण्डारीको संयुक्त इजलासले अब १५ दिनभित्र दुबै पक्षले झिकाउने आदेश दिएको हो ।

शाह विरुद्ध जिल्ला अदालत तनहुँमा समेत मुद्दा परेको थियो । तर, जिल्ला अदालत तनहुँले भने पल शाहलाई सफाइ दिइसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);