पल शाहको मुद्दामा दुवैपक्षलाई झिकाउन अदालतको आदेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पल शाहको मुद्दामा दुवैपक्षलाई झिकाउन अदालतको आदेश

काठमाडौं, २४ माघ । नाबालिग बलात्कार गरेको आरोपमा थुनामा रहेका अभिनेता पल शाहको मुुद्दामा अदालतले दुवैपक्षलाई झिकाउन आदेश दिएको छ । जिल्ला अदालत नवलपुरले बलात्कार मुद्दामा सफाइ र बाल यौन दुव्यवहारमा साढे २ वर्ष कैद र १० लाख क्षतिपुर्तिको फैसला सुनाएलगत्तै शाह र सरकारी वकिल दुवैले उक्त फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए ।

उच्च अदालतका न्यायाधीशद्धय डिल्लीराज आचार्य र ऋषिराज भण्डारीको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । आदेशसँगै दुवै पक्ष बहसका लागि उपस्थित हुनुपर्ने छ ।

शाहले नाबालिगलाई तनहुँ र नवलपुरमा बलात्कार गरेको आरोपमा उनीविरुद्ध गत फागुन १५ गते उजुरी परेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);