कियाराका लागि सिद्धार्थले किने ७० करोडको अपार्टमेन्ट | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कियाराका लागि सिद्धार्थले किने ७० करोडको अपार्टमेन्ट

एजेन्सी, २४ माघ । बलिउड कलाकार सिद्धार्थ मल्होत्रा र कियारा आडवाणी भोलि (फेब्रुअरी ७) विवाह बन्धनमा बाँधिदैछन् । विवाहपछि कियारा मुम्बईको जुहुमा रहेको सिद्धार्थको सी फेसिङ हाउसमा सिफ्ट हुन लागेकी छिन् । यस आलिशान घरको इन्टेरियर शाहरुख खानकी श्रीमती गौरी खानले गरेकी छिन् ।

ई टाइम्सका अनुसार सिद्धार्थ धेरै दिनदेखि सम्पत्ति खोज्दै थिए। तर, केही दिनअघि उनले ३ हजार ५०० स्क्वायर फिटको अपार्टमेन्ट फाइनल गरिसकेका छन् जसको लागत करिब ७० करोड रुपैयाँ रहेको बताइएको छ । यस बाहेक मुम्बईको पाली हिल क्षेत्रमा सिद्धार्थसँग लक्जरी ब्याचलर प्याड छ ।

सिद्धार्थको कुल सम्पत्ति करिब ७५ करोड रहेको छ । उनले महिनामा करिब ५० लाख रुपैयाँ कमाउँछन् । सिद्धार्थले एउटा फिल्मका लागि करिब ७ करोड पारिश्रमिक लिन्छन् । कियाराको कुल नेटवर्थ लगभग ४० करोड छ । उनले एउटा फिल्मका लागि करिब ३ करोड भारु लिन्छिन् । कियाराको मासिक कमाई करिब ३५ लाख रुपैयाँ छ ।

कफी विथ करणमा सिद्धार्थले आफ्नी प्रेमिका कियाराको मोबाइल नम्बर ‘की’ भनेर सेभ गरेको खुलासा गरेका छन् । मिशन मजनुको प्रमोशनका क्रममा सिद्धार्थले कियाराको नम्बर स्पीड डायलमा राखेको पनि बताएका थिए ।

बलिउडको चर्चित जोडी सिद्धार्थ मल्होत्रा र कियारा आडवाणीले फेब्रुअरी ७ मा जैसलमेर (राजस्थान)मा गन्तव्य विवाह गर्दैछन् । यसैबीच, सामाजिक सञ्जालमा सिद्धार्थ र कियाराको एउटा भिडियो सार्वजनिक भएको छ, जसमा दुवै नाचिरहेका छन् । अब यो भिडियो हेरेपछि प्रयोगकर्ताले यो भिडियो उनको म्युजिक भएको महसुस गरिरहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);