कारागारमा गोली चल्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

कारागारमा गोली चल्यो

pestol

एजेन्सी । बन्दुकधारीको एउटा समूहले गोली चलाएपछि उत्तरी मेक्सिकोको एउटा कारागारबाट दर्जनौं कैदीहरू भागेका छन् । बन्दुकधारी लागूऔषध समूहका सदस्य भएको आशंका गरिएको छ ।

सशस्त्र गाडीमा चढेर कारागार पुगेका ती मानिसहरुले चिहुआहुआ राज्य कारागार बाहिर गार्डहरूमाथि अन्धाधुन्द गोली चलाएका अधिकारीहरूले बताए ।

सीमावर्ती सहर सिउडाड जुआरेजमा भएको सो क्रुर हमलामा चार बन्दीसहित १० जनाको मृत्यु भएको थियो । प्रहरीका अनुसार करिब २४ कैदीहरू भागेका छन्। कारागारभित्र विभिन्न आपराधिक समूह र लागुऔषधका कैदीहरूलाई छुट्टाछुट्टै कक्षमा राखिएको थियो ।

झडपमा १३ जना घाइते भएका छन्। तीमध्ये चार जनाको अस्पतालमा उपचार भइरहेको कारागार प्रशासनले जनाएको छ ।

घटनापछि कारागारबाहिर भेला भएका आफन्तजनहरु एकअर्कालाई अँगालो हालेर रोइरहेका प्राप्त विवरणहरुमा जनाइएको छ । आक्रमणकारीहरू कालो लुगा लगाएका साक्षीमध्येकी एक महिलाले बताइन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);