नेकपा सचिवालय बैठक सकियो, भोलि स्थायी समिति बैठक बस्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेकपा सचिवालय बैठक सकियो, भोलि स्थायी समिति बैठक बस्ने

ईमाउण्टेनटीभी अनलाइन
काठमाडौं, २० मंसिर ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । चार घण्टाभन्दा बढी समय चलेको बैठकमा सहमति भने जुट्न सकेन । अब पार्टीको विवाद स्थायी कमिटीमा पुग्ने भएको छ ।

शनिबार बसेको सचिवालय बैठकले विवादको छिनोफोनो गर्ने जिम्मा स्थायी समितिलाई दिएको हो । स्थायी कमिटीको बैठक आइतबार दिउँसो साँढे १ बजे बस्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा चलेको आजको बैठकअघि दुई अध्यक्षबीचको करिब आधा घन्टा वान–टू–वान वार्ता भएको थियो ।

अध्यक्ष प्रचण्डसँग कुराकानी गरी प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली आजको बैठकमा सहभागी हुनुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);