स्थायी कमिटी बैठक आज, प्रधानमन्त्रीको सहभागिता अझै अनिश्चित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

स्थायी कमिटी बैठक आज, प्रधानमन्त्रीको सहभागिता अझै अनिश्चित

ईमाउन्टेन संवाददाता
काठमाडौं, २१ मंसिर ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आइतबार बस्दैछ । अपरान्ह १ बजे पार्टी कार्यालय धुम्बाराहीमा स्थायी कमिटी बैठक बस्ने भएको हो ।

आजको बैठकमा पार्टीको संकट र यसको निवारण सम्बन्धमा छलफल गरेर निष्कर्ष निकाल्ने प्रक्रिया अगाडि बढाउने बताइएको छ । तर आजको बैठक प्रति प्रधानमन्त्री केपी शर्मा ओलीको असन्तुष्टि रहेकाले बैठकबाट निष्कर्ष निस्कने संभावना कम रहेको स्रोतले बतायो ।

प्रधानमन्त्री ओलीले आजको बैठकलाई बल प्रयोगको संज्ञा दिनुभएको छ । प्रधानमन्त्री ओली बैठकमा सहभागी हुने वा नहुने भन्नेमा अझै टुंगो लागि नसेकेको बालुवाटार स्रोतले ईमाउन्टेनटीभीलाई जानकारी दिएको छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार पार्टीभित्र देखिएका समाधानका लागि दुबै अध्यक्षले प्रस्तुत गरेको प्रस्ताव स्थायी कमिटीको छलफलको विषय हुने बताउनुभएको छ । गत कात्तिक २८ गतेको सचिवालय बैठकमा दाहालले १९ पृष्ठ लामो राजनीतिक प्रस्ताव पेश गर्नुभएको थियो । आरोपसहितको सो प्रस्ताव पेश भएसँगै नेकपाको विवाद चर्केको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);