प्रधानमन्त्री ओली स्थायी कमिटी बैठकमा सहभागी हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

प्रधानमन्त्री ओली स्थायी कमिटी बैठकमा सहभागी हुने

pm oli bigya

काठमाडौं, २१ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको आजको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनुहुने भएको छ । आज अपरान्ह १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा प्रधानमन्त्री सहभागी हुने कि नहुने भन्नेमा अनिश्चित थियो । बालुवाटार स्रोतले ईमाउन्टेन टीभीसँग कुरा गर्दै भन्यो ‘उहाँं बैठकमा जाने तयारीमा हुनुहुन्छ ।’

आजको बैठकमा पार्टीको संकट र यसको निवारण सम्बन्धमा छलफल गरेर निष्कर्ष निकाल्ने प्रक्रिया अगाडि बढाउने बताइएको छ । तर आजको बैठक प्रति प्रधानमन्त्री केपी शर्मा ओलीको असन्तुष्टि रहेकोले कुनै निष्कर्ष निस्कने संभावना कम रहेको स्रोतको दावी छ । प्रधानमन्त्री ओलीले आजको बैठकलाई बल प्रयोगको संज्ञा दिनुभएको छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार पार्टीभित्र देखिएका समाधानका लागि दुबै अध्यक्षले प्रस्तुत गरेको प्रस्ताव स्थायी कमिटीको छलफलको विषय हुने बताउनुभएको छ ।

गत कात्तिक २८ गतेको सचिवालय बैठकमा दाहालले १९ पृष्ठ लामो राजनीतिक प्रस्ताव पेश गर्नुभएको थियो । आरोपसहितको सो प्रस्ताव पेश भएसँगै नेकपाको विवाद चर्केको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);