बागमती प्रदेश मन्त्रिपरिषद्को बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बागमती प्रदेश मन्त्रिपरिषद्को बैठक बस्दै

हेटौँडा । बागमती प्रदेश मन्त्रिपरिषद्को पूर्ण बैठक आइतबार साँझ बस्ने भएको छ । यसअघि बागमती प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्ने सिफारिस गर्न वैशाख ७ गते मन्त्रिपरिषद्को बैठक बसेको थियो ।

आइतबार साँझ नवनियुक्त आन्तरिक मामिला तथा कानुनमन्त्री केशवराज पाण्डे, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सरेश नेपाल, सामाजिक विकासमन्त्री सरस्वती बस्नेत र राज्यमन्त्री डा. रामकुमार अधिकारीसहित मन्त्रिपरिषद्को पूर्ण बैठक हुने भएको बागमती प्रदेश मुख्यमन्त्री डोरमणी पौडेलका राजनितिक सल्लाहकार जेएन थपलियाले जानकारी दिए ।

यस्तै, बागमती प्रदेशका प्रमुख सचिव डा. मुकुन्द पौडेलले पनि पहिलो पटक बैठक सञ्चालन गर्ने भएका छन् । यसअघि प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयमा सचिवको भूमिका निर्वाह गरिसकेका डा. पौडेल प्रमुख सचिव भएर आएको एक हप्तापछि बैठक हुन लागेको हो ।

बैठकमा बागमती प्रदेशमा कोरोना नियन्त्रणको विषयले प्राथमिकता पाउने भएको छ । बैठकमा प्रदेशमा कोरोना नियन्त्रणका लागि स्थानीय तह र केन्द्रसँगको समन्वयको विषय पनि उठ्ने भएका छन् । बागमती प्रदेशको आर्थिक वर्ष २०७८-०७९ लागि बजेट निर्माण गर्न नीति तथा कार्यक्रमको विषयमा समेत छलफल हुने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);