संक्रमितको घरमै पौष्टिक खानेकुरा र स्वास्थ सेवा, समुदायस्तरमा एन्टिजेन परीक्षण | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

संक्रमितको घरमै पौष्टिक खानेकुरा र स्वास्थ सेवा, समुदायस्तरमा एन्टिजेन परीक्षण

राजिव शाह,
सर्लाही । सर्लाही हरिवन नगरपालिकाले समुदायस्तरमा गएर एन्टिजेन परीक्षण गर्ने कार्यलाई प्राथमिकतामा राखेर परीक्षणको दायरालाई बढाएको छ ।

कोरोना संक्रमण भए पश्चात होम आइसोलेसनमा नै रहेका व्यक्तिहरुलाई घरै पुगेर आवश्यक पौष्टिक खानेकुरा र स्वास्थ्यकर्मीहरुको घुम्ती सेवा मार्फत घरमै स्वास्थ्य सेवा र परामर्श दिने कार्य विगत कोरोनाको दोस्रो लहर सुरु हुँदाको समयदेखी सुरु गरिरहेको नगरपालिकाले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा र संक्रमण पहिचानमा उल्लेखनीय कार्य गरिरहेको छ।

कोरोना संक्रमण पहिचानको लागि हप्तामा तिनपटक निरन्तर नमूना संकलन गरिरहेको नगरपालिकाले रिपोर्ट आउनमा हुने ढिलाइले झन् संक्रमणको जोखिम बढ्ने र व्यक्तिहरु पनि सचेत नहुँदा परीक्षणको लागि नमुना दिन तोकेको स्थानमा कमै मात्रामा आउने गरेकाले टोल टोलमा गएर एन्टिजेन परीक्षण मार्फत रोगको पहिचान गर्न थालिएको नगर प्रमुख गणेश प्रसाईले बताए ।

यसो गर्दा संक्रमण पहिचान हुनुका साथै स्थानियहरु समेत सचेत हुने र थप अरुमा भाइरस सर्ने जोखिममा कमी आउने समेत बताउनु भयो । नगरपालिकाले परीक्षणलाई मात्र नभएर परीक्षण पश्चात संक्रमण देखीएको व्यक्ति तथा परिवारलाई घरै पुगेर आवश्यक पौष्टिक खानेकुरा, स्वास्थ्य सामाग्री र स्वास्थ्य परामर्श तथा सेवा प्रदान गरिरहेको छ।

नगरपालिकाले अक्सिजनको आवश्यकता पर्ने बिरामीलाई आफ्नो अस्थायी कोभिड अस्पतालमा भर्ना गरी निःशुल्क अक्सिजन सहितको सेवा समेत प्रदान गर्दै आईरहेको छ। एम।बि।बि।एस चिकित्सक सहितको सेवा प्रदान गर्दै आएको हरिवन नगरपालिकाले आफ्नै स्रोतमा १०० बेडको अक्सिजन सहित बेड संचालन गरिरहेको छ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);