महोत्तरीमा कोरोना संक्रमणको दर ओरालो लाग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

महोत्तरीमा कोरोना संक्रमणको दर ओरालो लाग्यो

महोत्तरी । महोत्तरीमा कोरोना संक्रमितको सङ्ख्या ओरालो लाग्दै गएको छ । पीसीआर र एन्टिजेन प्रविधिवाट परीक्षण गर्दा कुल परीक्षणको जम्मा तीन प्रतिशतमा मात्र कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

जिल्लामा कोरोना माहामारीको तेस्राे लहर सुरु भएपछि २४० जनामा कोरोना पोजेटिभ थपिएका छन् ।  कोरोना पोजेटिभ भएका सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरूको  होम आइसोलेसनमा नै उपचार भइरहेको जिल्ला कोभिड फोकल पर्सन प्रतिभा सिंहले जानकारी दिइन् ।

सोमबार २० जनामा पीसीआर प्रविधिवाट परीक्षण गर्दा जम्मा तीन जनामा कोरोना संक्रमण देखिएको र एन्टिजेट प्रविधिबाट ८७ जनामा परीक्षण गर्दा एक जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीको तथ्यांक  छ ।

जिल्लामा दोस्राे र तेस्राे लहर गरी तीन हजार ३२६ जना संक्रमित बनेका छन् । जसमध्ये ८५ जनाले ज्यान गुमाए भने २४० जना अझै होम आइसोलेसनमा छ्न् । तीन हजार ६  जनाले स्वास्थ्य लाभ गरी पूर्ण रुपमा निको भइसकेको कोभिड फोकल पर्सन प्रतिभा सिंहले जानकारी दिइन् ।

जिल्लामा अहिले तीनवटा कोभिड अस्पताल, ६५ वटा बेड, ३४ वटा एचडीयु, नाैवटा आईसीयू र दुईवटा भेन्टिलेटर उपलब्ध छन् । दुईवटा भेन्टिलेटर उपलब्ध भए पनि जनशक्तिको अभावमा सञ्चालनमा नरहेको स्वास्थ्य कार्यालय महोत्तरीले जानकारी दिएको छ ।

जिल्लामा खोप अभियानलाई समेत तीव्र बनाइएको छ । विद्यार्थीलाई लक्षित  गरी ७४ हजार माेडर्ना खोप लगाउने तयारी गरिँदै छ भने दैनिक १५० जनाभन्दा बढी सर्वसाधारणले पहिलो र दोश्रो खोप लगाइरहेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

सोमबारबाटर बुस्टर डोजसमेत सुरु भएको छ । सोमबार मात्र २६४ जनाले बुस्टर डोज लगाएका थिए । त्यसैगरी खोप सबै सर्वसाधारणलाई उत्प्रेरित गर्न सरकारी कार्यालयमा सेवा लिन अनिवार्य खोप कार्डको चाहिने भएको छ भने कतिपय सरकारी कार्यालयले खोपसहितको सेवा प्रवाहलाई तीव्रता दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);