विश्वकपको उपाधी जर्मनीले चुम्ने प्रशिक्षकको दाबी | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

विश्वकपको उपाधी जर्मनीले चुम्ने प्रशिक्षकको दाबी

एजेन्सी, १९ जेठ । विश्वकप फुटबलमा जर्मनी मुख्य दाबेदार मानिन्छ । क्यालिफाएर राउण्डमा जर्मनीले शतप्रतिशत नतिजा ल्याएको थियो । उसले क्यालिफाएरको १० खेलमध्ये १० खेलमै आफूलाई बिजेता बनायो । २०१४ को विश्वकप बिजेता जर्मनी यसपालीको उपाधी पनि रक्षा गर्ने जर्मनीका प्रशिक्षक जोचिम लोले दाबी गरेका छन् ।

जर्मनी यस पटकको बलियो दाबेदार हो । साविक बिजेता जर्मनीले युरो कप २०१६ मा पनि उत्कृष्ट प्रदर्शन गरेको थियो । तर, सेमी फाइनलमा पुग्दा फ्रान्स विरुद्ध २–० ले हारेपछि जर्मनी निराश बन्न पुग्यो । युरो कप भित्र्याउन चुके पनि पछिल्लो समय जर्मनीले आफूलाई पुरानै लयमा फर्काएको छ ।

यो विश्वकपमा जर्मनी लगातार दोस्रो पटक उपाधी चुम्ने दाउमा छ । प्रशिक्षक जोचिम लोले छानेका २७ खेलाडीको समुह पनि निकै उत्कृष्ट छ । उनको छनौटमा प्राय युवा खेलाडी नै परेका छन् । लोले जर्मनीलाई २००६ देखि प्रशिक्षण दिइरहेका छन् ।

उनी यो भन्दा पहिले पनि जर्जेन किलिन्समनका सहायकका रुपमा जर्मनीसँग आबद्ध थिए । उनकै नेतृत्वमा जर्मनीले सन् २०१४ मा विश्वकप र फिफा कन्फिडेरेसन कप जितेको थियो । टिमको गोल रक्षकमा बन्र्ड लेनो, मानियल न्युएर, मार्क आन्द्रे स्टेगेन र केभिन ट्रयाप रहेका छन् । डिफेन्डरमा म्याथिएस गिन्टर, जोनास हेक्टर, जेरोम, म्याट्स हिउमेल्स्, निकोलस सुले, जोसुवा, मार्भिन, एन्टोनिओ र जोनाथान रहेका छन् ।

यस्तै मिडफिल्डरमा जुलिएन ब्राण्डट, जुलिएन ड्रयाक्सलर, लिओन गोरित्का, मार्को रुइस, ओजिल, स्यामी, सेबेस्टन रुडी, टोनी क्रोस, इल्के गुन्डोगन, लोरेया सेन र थोमस मुलर रहेका छन् । फर्वाडमा मारियो गोमेज, निल्स पेटरसन र टिमो वार्नर रहेका छन् । जर्मनीले गएको विश्वकपभन्दा पहिले सन् १९५४, १९७४ र १९९० मा विश्वकपको उपाधी उचालिसकेको छ । बिश्वकपको पहिलो खेल जुन १७ मा जर्मनीले मेक्सीकोसँग प्रतिस्पर्धा गर्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);