पाँच पटकको विश्व विजेता ब्राजिल रुस विश्वकपमा बराबरीमा रोकियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

पाँच पटकको विश्व विजेता ब्राजिल रुस विश्वकपमा बराबरीमा रोकियो

brazil switzerland

एजेन्सी, ४ असार । पाँच पटकको विश्व विजेता ब्राजिल रुस विश्वकपमा बराबरीमा रोकिएको छ ।

ब्राजिल सन् १९७८ पछि पहिलो पटक विश्वकपको पहिलो खेलमा जित हात पार्न असफल भएको हो । उपाधिको प्रमुख दावेदार मानिएको ब्राजिललाई स्वीट्जरल्याण्डले १–१ गोलको बराबरीमा रोकेको हो । खेलमा ब्राजिलले अग्रता लिएको थियो । २० औं मिनेटमा फिलिप काउटिन्होले गोल गरेका थिए । नेइमार र गाब्रियल जेसिसजस्ता स्टार खेलाडी रहेको ब्राजिलले पहिलो हाफमा १–० को अग्रता लिएपनि त्यो अग्रतालाई दोस्रो हाफमा जोगाउन सकेन । खेलको ५० औं मिनेटमा स्टीभन जुवेरले बराबरी गोल फर्काए । यो बराबरीसँगै ब्राजिलको लगातार ९ खेलको विजयी यात्रामा पूर्णविराम लागेको छ । ब्राजिल बराबरीमा रोकिएको दिन डिफेन्डिङ च्याम्पियन जर्मनीले पराजय व्यहोरेको छ ।

जर्मनी मेक्सिकोसँग १–० गोलअन्तरले पराजित भएको हो । जर्मनीले ३६ वर्षपछि विश्वकपको पहिलो खेलमा पराजय व्यहोरेको हो । मेक्सिकोका लागि हिरभिङ लोजानोले खेलको ३५ औं मिनेटमा गोल गरे । बलमा ६७ प्रतिशत नियन्त्रण राखेपनि जर्मनीका खेलाडी गोल गर्नबाट चुके । जर्मनीले गोलका लागि २६ पटक प्रयास गरेको थियो । तर कुनै प्रयास पनि सफल भएन । जर्मनीका कतिपय उत्कृष्ट प्रहारलाई मेक्सिकोका गोलकिपर ओचावाले विफल पारिदिए । आइतबार नै भएको समुह ’इ’ को अर्को खेलमा सर्बिया विजयी भएको छ । सर्बियाले कोस्टारिकालाई १–० ले पराजित गरेको हो ।

विश्वकप अन्तर्गत आज पनि तीन वटा खेल हुने छन् । समूह एफ अन्र्तगत दक्षिण कोरिया र स्वीडेनबीच साँझ ५ः४५, समूह जी अन्तर्गत बेल्जियम र पानामाबीच राति ८ः४५ तथा इङ्ल्याण्ड र ट्युनिसियाबीच ११ः४५ बजे खेल हुने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);