ठूला टिमलाई बलियो चुनौती | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

ठूला टिमलाई बलियो चुनौती

fifa world cup

काठमाडौँ, ४ असार । स्पेन, पोर्चुगल, अर्जेन्टिना, जर्मनी अनि ब्राजिल । यी विश्वकप २०१८ का ठूला टिम हुन्, उपाधिका दावेदार समेत हुन्, उनीहरू । तर कुनै पनि टिमले आफ्नो पहिलो खेलमा जित निकाल्न सकेन । यसले पनि देखाउँछ, ठूला टिमलाई अरु प्रतिद्वन्द्वी टिमले बलियो चुनौती दिन सक्छ । ठूला टिम भन्दैमा सजिलै विजयी हुन्छ भन्न सकिन्न ।
अब ठूला टिमले पनि जितका लागि मिहिनेत गर्नु पर्छ भन्ने प्रमाणित भएको छ । यसपल्टको विश्वकपको पहिलो साताका अहिलेसम्मका खेलको विशेषता यही रह्यो । विश्वकप २०१८ मा हिजो दुई ठूला खेल थिए । त्यसमध्ये एकमा ब्राजिल बराबरीमा रोकियो भने जर्मनी पराजित भयो । डिफेन्डिङ च्याम्पियन जर्मनी मेक्सिकोको हातबाट १–० ले पराजित रह्यो ।
मेक्सिकोले यसमा राम्रो खेल्न सफल रह्यो । मेक्सिकोले रक्षात्मक पनि खेलिरहेको थियो, त्यहीं बल पनि नियमित अगाडि बढाइरहेको थियो । मेक्सिकोको यो आक्रमण निकै छरिटो देखिन्थ्यो । जर्मनीले भने बलमाथि सकेसम्म बढी नियन्त्रणमा राखेर आक्रमण गर्ने प्रयास गरिरहेको थियो । जर्मनीलाई हराउनु मेक्सिकोको सफलता रह्यो ।
जर्मनीका लागि यो हार ठूलो धक्काका रूपमा रहेको छ । मेक्सिको जितमा स्वभाविक रूपमा खुसी देखियो । रातिको खेलमा पनि ब्राजिललाई १–१ को रोक्नु स्विटजरल्यान्डको लागि सफलता हो । खासमा उनीहरू आफ्नो रणनीतिमा सफल रहे । स्विस डिफेन्सले सुरुदेखि ब्राजिलका प्रमुख खेलाडी नेयमरमाथि कडा निगरानी राखेको थियो ।

उनलाई स्विस खेलाडीनै कुनै अवसर नै दिएनन् । स्विटजरल्यान्डले रक्षांपंक्तिबाट बल अगाडि बढाउँदै आक्रमण गर्ने प्रयास गरिरहेको थियो । ब्राजिलले भने सर्ट पास खेल्दै आक्रमण गरिरहेको थियो । यसक्रममा ब्राजिलले पहिलो गोल निकाल्न पनि सफल रह्यो र यो फिलिपे कोउटिन्हाको नाममा सुन्दर गोल रह्यो । कोउटिन्होले प्रायस् यस्तो स्थितिमा गोल गरिरहन्छन् ।

उनको यो ट्रेड मार्क गोल जस्तै हो र उनले यस्ता गोल लिभरपुल तथा बार्सिलोनाका लागि धेरै पल्ट गरिसकेका छन् । ब्राजिलले खाएको गोलमा भने टिमको रक्षापंक्तिले गरेको कमजोर मार्किङ मुख्य जिम्मेवार रह्यो । कर्नर निकै राम्रो थियो र यसमा बराबरी गोल फर्काउन स्विस टिमलाई गाह्रो भएन् । यसक्रममा ब्राजिली डिफेन्सले फल गरेको पनि देखियो ।

तर गोल रोक्न भने सकेन । यसअघि दिनको पहिलो खेलमा भने सर्बियाले कोस्टारिकालाई १–० ले हरायो । पछिल्ला दुई खेलको तुलनामा यो खेल केही सुस्त देखियो । दुवै टिमले जितका लागि खेलेको देखिएन । दुवै टिम रक्षात्मक जस्तै देखिए । त्यसैले खेल केही निरश रह्यो । अहिलेसम्म भएका खेलमध्ये यो मेरो विश्लेषणमा सबैभन्दा कम आकर्षक रह्यो ।

तर सर्बियोले फ्रि–किकबाट गरेको गोल भने अति सुन्दर थियो, यो ‘वर्ल्ड –क्लास’ गोल थियो । सर्बियाली कप्तान एलेक्ज्यान्डर कोलारभोले वास्तवमै निकै उत्कृष्ट गोल गरे । सर्बिया शारीरिक रूपमा निकै बलियो टिम हो । यसले टिमलाई फाइदा पुगेको पनि देखियो । सर्बिया पनि जितसँगै प्राप्त तीन अंकमा स्वभाविक रूपमा खुसी भएको हुनु पर्छ ।

न्यौपाने राष्ट्रिय टिमका पूर्व खेलाडी हुन्। उनी हाल त्रिभुवन आर्मी क्लबका प्रशिक्षक छन्। उनले केही समय अगाडि मात्र एसियाली फुटबल महासंघको प्रशिक्षक ‘ए’ लाइसेन्स कोर्स उतीर्ण गरेका छन्। आजको कान्तिपुरमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);