ब्राजिल पच्छ्याउँदै कोलम्बिया, इक्वेडर पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

ब्राजिल पच्छ्याउँदै कोलम्बिया, इक्वेडर पराजित

विश्वकप २०१८ को छनौट अन्तर्गत मंगलबार राति भएको खेलमा कोलम्बिया विजयी भएको छ ।

ब्राजिल पच्छ्याउँदै कोलम्बिया

काठमाडौं । विश्वकप २०१८ को छनौट अन्तर्गत मंगलबार राति भएको खेलमा कोलम्बिया विजयी भएको छ ।

इक्वेडरलाई २–० ले हराएको कोलम्बिया दोस्रो स्थानमा उक्लिएको छ ।

कोलम्बियाले इक्वेडरलाई उसकै मैदानमा हराएको हो । कोलम्बियाको जितमा जेम्स रोड्रिग्वेज र आन कुआड्राडोले गोल गरे । जितपछि कोलम्बिया १४ खेलबाट २४ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

शीर्ष स्थानको ब्राजिलको १३ खेलबाट ३० अंक छ । कोलम्बिया तेस्रो र चौथो स्थानको उरुग्वे र चिली भन्दा एक तथा पाँचौं स्थानको अर्जेन्टिना भन्दा दुई अंकले अघि छ ।

शीर्ष चारमा पर्ने टिम विश्वकपका लागि सोझै छनौट हुनेछन् । त्यसपछि पर्ने टिमले प्लेअफ खेल्नु पर्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);