आन्दोलनकारीप्रति ऐक्यबद्धता जनाउन स्कार्फ नलगाएको तस्बिर पोस्ट गरिन इरानी अभिनेत्रीले | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

आन्दोलनकारीप्रति ऐक्यबद्धता जनाउन स्कार्फ नलगाएको तस्बिर पोस्ट गरिन इरानी अभिनेत्रीले

तेहरान। एक शीर्ष इरानी अभिनेत्रीले इन्स्टाग्राममा सरकार विरोधी प्रदर्शनप्रति ऐक्यबद्धता जनाउन टाउकोमा स्कार्फ नलगाएको तस्बिर पोस्ट गरेकी छिन् । ओस्कार विजेता फिल्म द सेल्सम्यानकी नायिका तरानेह अलिदुस्तीले कुर्दिशमा ‘वुमन, लाइफ, फिडम’ लेखिएको संकेतसमेत सार्वजनिक गरेकी छिन् ।
नारा केही सातादेखि प्रदर्शन गरिरहेका आन्दोलनकारीबीच चर्चित छ । महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि सुरु भएको प्रदर्शन सातौं हप्तामा प्रवेश गरेको छ ।महिलाहरूले हिजाब वा इस्लामिक हेडस्कार्फले कपाल छोप्नु पर्ने इरानको कडा नियमहरू उल्लङ्घन गरेको आरोपमा तेहरानमा नैतिकता पुलिसले गिरफ्तार गरेपछि २२ वर्षीया युवतीको मृत्यु भएको थियो । उनको मृत्य’को विरोधमा इरानभर प्रदर्शन चर्किएको छ ।  अलिदुस्ती इरानकी सबैभन्दा सफल अभिनेत्री हुन् र इन्स्टाग्राममा उनका ८० लाखभन्दा बढी फलोअर्स छन् । उनले द सेल्सम्यानमा अभिनय गरिन्, जसले उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्मको लागि  सन् २०१६ मा एकेडेमी अवार्ड प्राप्त गरेको थियो ।

उनले पहिले जुनसुकै मूल्यमा इरान भित्रै बस्ने वाचा गरेकी छिन् र दमनमा प्रदर्शनकारीहरूमाथि सुरक्षा बलको मारिएकाहरूको परिवारलाई समर्थन गर्न आफ्नो करिअर रोकिन् । स्थानीय मानवअधिकारकर्मीहरूले इरानी स’रक्षाकर्मीले कम्तीमा ३२८ जनाको ज्यान गएको र १४ हजार ८०० जनालाई हिरासतमा राखिएको बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);