नेपालमा थप ५३ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नेपालमा थप ५३ जनामा कोरोना संक्रमण

coronavirus test

काठमाडौं, ५ जेठ । नेपालमा थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

क्वारेन्टाइनमै रहेको अवस्थामा कोरोना संक्रमणबाट युवकको निधन भएको बाँकेको नरैनापुर क्षेत्रमा थप ४७ जनामा कोरोना संक्रमण भएको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालगञ्जमा गरिएको प्रयोगशाला परीक्षणका क्रममा बाँकेमा ४७ जना र अन्य जिल्लामा ६ जना गरी ५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । यो सहित नेपालमा संक्रमितको संख्या ३५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।

उनका अनुसार बाँकेमा ४६ जना पुरुष र १ जना महिलामा संक्रमण देखिएको छ । त्यस्तै अन्य जिल्लामा ६ जनामा देखिएको हो ।नेपालमा कोरोना भाइरसका कारण हालसम्म २ जनाको मृत्यु भएको छ भने ३६ जना उपचारपछि निको भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);