स्वास्थ्यलाई प्राथमिकतामा राख्दा कृषि ओझेलमा (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

स्वास्थ्यलाई प्राथमिकतामा राख्दा कृषि ओझेलमा (भिडियोसहित)

काठमाण्डौं, ५ जेठ । सांसद शेरबहादुर तामाङले स्वास्थ्यलाई प्राथमिकतामा राख्दा कृषि ओझेलमा परेको बताउनु भएको छ । मानिसको स्वास्थ्य पछि खाद्यान्न आवश्यक भएकोले खाद्यान्नको प्रमुख स्रोत कृषि नै रहेको बताउनु भएको हो। कृषिलाई पनि बढि ध्यान दिए कोरोना जस्तो जुनसुकै महामारी सँग पनि लड्न सक्ने बताउनु भयो ।

गत आर्थिक वर्षमा विदेशबाट रु २ खर्ब १८ अर्ब रकम बराबरको खाद्यान्न आयात हुने गर्दछ । ५ लाख रोजगारी सिर्जना गर्ने भन्ने कुरा निती तथा कार्यक्रममा मात्र सिमित भएको छ । अहिले सम्म कति रोजगारी सिर्जना भएको भन्ने कुनै तथ्याङक नभएको कुरा प्रति गुनासो गर्नुभयो ।

विदेशमा लाखौ नेपाली युवाहरु कोरोनाको कारण कामविहिन बनेका छन् । ती युवाहरुलाई स्वदेश फर्काए उनीहरुको लागि रोजगारी दिने आधार नै कृषि हो । कृषि सँगै जोडिएको गाजालाई पनि प्राथमिकतामा राखेर अघि बढे आर्थिक रुपमा नेपालीहरु सबल हुने बताउनु भएको हो।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);