थप नौ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८३, मंगलबार

थप नौ जनामा कोरोना संक्रमण

काठमाडौं। पछिल्लो २४ घण्टामा थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ सय २५ जनाको पिसीआर र एन्टीजेन नमूना परीक्षण गर्दा १५ जनामा संक्रमण देखिएको हो। संकलित नमूनामध्ये सात सय ७२ को पिसीआर र सात सय ५२ को एन्टीजेन विधिमार्फत परीक्षण गरिएको हो।

यस्तै, नेपालमा हालसम्म कोरोना संक्रमण हुनेको संख्या ११ लाख ५३ हजार पुगेको छ । यसमध्ये ९८.७ कोरोनामुक्त भएका छन् । कोरोनाबाट नेपालमा हालसम्म १२ हजार १९ जनाले ज्यान गुमाएका छन् भने अझै पनि चार सय ९९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

ताजा समाचार