धनगढीमा खुल्ला संसद अवधारणा अभ्यास | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

धनगढीमा खुल्ला संसद अवधारणा अभ्यास

धनगढी, १९ भदौ । बुधबार धनगढीमा खुल्ला संसद अवधारणा अभ्यास कार्यक्रम सम्पन्न भएको छ । संसद सहयोग परियोजना यूएनडीपीको सहकार्य तथा फ्रिडम फोरमको आयोजनामा छलफल कार्यक्रम सञ्चालन भएको थियो ।

कार्यक्रममा लोकतान्त्रिक शासन व्यवस्थामा निर्वाचित प्रतिनिधिहरुको प्रभावकारिता, पारदर्शिता र जवाफदेहीता सुनिश्चित गर्ने संरचनाको व्यवस्थाको बारेमा सरोकारवालाबीच छलफल तथा अन्तक्रिया गरिएको थियो ।

सरकार प्रभावकारी रुपमा खुल्ला हुनका लागि उसले नागरिक तथा उनीहरुका संस्थासंग व्यवस्थीत तरिकाले साझेदारी गर्नु जरुरी हुन्छ भन्ने अवधारणाले अयोजना गरिएको उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभा सभामुख, उपसभामुख, प्रदेश सासंद र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रदेश सभा सदस्य अक्कलबहादुर रावलले खुल्ला सरकार साझेदारी कार्यक्रमको अभ्यास पछिल्लो संरचनामा संघ र प्रदेश सरकार भन्दा स्थानीय सरकारहरुमा सशक्त रुपमा अगाडी लैजानुपर्ने धारणा राख्नु भयो ।

त्यस्तै प्रदेश सभा सदस्य तथा लेखा समिति संयोजक नन्दा बमले आफुहरुले नै सरकार पारदर्शि र जवाफदेही बन्न नसकेको अनभुति गरेको बताउनु भयो ।

उहाँले प्रदेश सरकारले ३२ ओटा कानुन निर्माण गर्दासम्म कुनै पनि सरोकारवाला निकाय र नागरिक समाजसंग छलफल नगरी कानुन निर्माण गरिएको बताउनु भयो।

प्रदेश सभा सभामुख अर्जुन थापाले खुल्ला संसद अवधारणा अभ्यास कार्यक्रमबाट आफुहरुलाई ठुलो राहत पुगेको बताउनु भयो ।

उहाँले प्रदेश सरकार आफ्ना क्रियाकलाप र गतिविधिहरु पारदर्शी रुपमा प्रस्तुत गर्न र जवाफदेहीता प्रति सधै सचेत रहेको पनि बताउनुभयो ।

फ्रिडम फोरमका संस्थापक अध्यक्ष एवं कार्यकारी प्रमुख तारानाथ दाहालले खुल्ला सरकार साझेदारीले शासन व्यवस्थामा सुधार चाहने सरकारभित्र र बाहिरका सुधारकर्ताको लागि साझा मञ्च प्रदान गर्ने बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);