कपिलबस्तु खुल्ला दिशा मुक्त जिल्ला घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

कपिलबस्तु खुल्ला दिशा मुक्त जिल्ला घोषणा

कपिलबस्तु, १ असोज । देशभर अभियानकै रुपमा खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्ने क्रममा कपिलबस्तु जिल्ला मुलुककै ७४ औं खुल्ला दिशा मुक्त जिल्ला घोषणा भएको छ ।

प्रदेश ५ का प्रदेश प्रमुख उमाकान्त झाले बुधबार एक कार्यक्रमकाबीच कपिलबस्तु जिल्ला खुल्ला दिशामुक्त घोषणा गर्नुभयो । उहाँले सकारात्मक दृष्टिकोणले मात्र परिवर्तन सम्भव रहेकोले नाराका लागि नभई सरसफाई अभियान निरन्तरता दिन आवश्यक रहेको बताउनु भयो ।

उहाँले वातावरणको बेप्रवाह विकास गर्ने चलन त्यागेर प्लाष्टिक जन्य र बिभिन्न किसिमका फोहोर न्यूनिकरण गरेर समुदाय स्वस्थ हुने बताउनु भयो । कार्यक्रममा प्रदेश सांसद बिष्णु पन्थी, सहसराम यादव, जिल्ला समन्वय समितिका सभापति नारायण प्रसाद खनाल लगायतको व्यक्तिहरुको सहभागिता थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);